२०८३, आश्विन २२ गते

images

रास्वपाको समानुपातिक सूचीमा तोसिमा कार्कीको आपत्ती

रास्वपाको समानुपातिक सूचीमा तोसिमा कार्कीको आपत्ती

सीएनएन खबर
बुधवार, पौष १६ २०८२०७:४९
सीएनएन खबर
बुधवार, पौष १६ २०८२०७:४९
  • images

    काठमाडौँ । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीलाई लिएर पार्टी नेतृत्वको आलोचना गर्ने क्रम बढ्दै गएको छ। 

    रास्वपाकी नेता तोसिमा कार्कीलेसमेत पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

    सामाजिक सञ्जालमा उनले पार्टीले समानुपातिक प्रणालीको अवधारणाविपरीत सूची पेस गरेको आरोपसमेत लगाएकी छन्। 

    ‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो,’ उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सूचीले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ। सूचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृ्त्वका आफन्तहरू र पार्टीको भाईटल पोष्टमा हुनेहरू नै समानुपातिक सूचीको लागी आकाङ्क्षि हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनुरबनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन१’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend