२०८३, आश्विन २२ गते

images
  • समाचार
  • शंखरापुरमा बस दुर्घटना हुँदा ४ जनाको...

शंखरापुरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २२ घाइते

शंखरापुरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २२ घाइते

बुधवार, पौष २३ २०८२०९:१९
बुधवार, पौष २३ २०८२०९:१९
  • images

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित फेरी जंगलमा पिकनिक खाएर फर्किँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार बा ४ ख ८७८८ नम्बरको बस साँझ करिब ६ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउने चारै जनाको परिचय हालसम्म खुल्न सकेको छैन।

    घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनाग्रस्त बसमा नेचब हर्ब संस्थाका करिब ४० जना कर्मचारी सवार रहेका थिए।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend