२०८३, आश्विन २१ गते

images

७ वर्षपछि एप्पललाई उछिन्दै अल्फाबेट विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी

७ वर्षपछि एप्पललाई उछिन्दै अल्फाबेट विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी

सीएनएन खबर
बिहिवार, पौष २४ २०८२०५:०१
सीएनएन खबर
बिहिवार, पौष २४ २०८२०५:०१
  • images

    काठमाडौं । विश्वव्यापी टेक उद्योगको मूल्याङ्कनमा उल्लेखनीय परिवर्तन देखिएको छ। गुगलको मूल कम्पनी अल्फाबेट इंकले ७ वर्षपछि पहिलोपटक आईफोन निर्माता एप्पललाई पछि पार्दै विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनीको स्थान हासिल गरेको छ।

    सन् २०१९ पछि पहिलो पटक अल्फाबेटले एप्पललाई बजार मूल्यका आधारमा उछिनेको हो। हाल अल्फाबेटको बजार पूँजीकरण ३.८९२ ट्रिलियन अमेरिकी डलर पुगेको छ भने एप्पलको बजार मूल्य ३.८६३ ट्रिलियन डलरमा झरेको छ। यसअघि झैं एनभीडीया भने ४.६०४ ट्रिलियन डलरको बजार पूँजीकरणसहित पहिलो स्थानमै कायम छ।

    बुधबार अल्फाबेटको सेयर मूल्य २.५१ प्रतिशतले बढेर ३२२.४३ डलरमा बन्द भएको छ। पछिल्लो एक वर्षमा यस सेयरले ६४.७३ प्रतिशत प्रतिफल दिएको छ। उता, एप्पलको सेयर ०.७७ प्रतिशतले घटेर २६०.३३ डलरमा बन्द भएको छ, जसले एक वर्षमा ७.४९ प्रतिशत मात्र वृद्धि देखाएको छ। पहिलो स्थानमा रहेको एनभीडीयाको सेयर मूल्य भने पछिल्लो एक वर्षमा २५.३२ प्रतिशतले बढेको छ।

    अल्फाबेटको बजार मूल्यमा आएको तीव्र वृद्धिको मुख्य कारण यसको जनरेटिभ एआई प्लेटफर्म ‘जेमिनी’ को बढ्दो प्रयोग मानिएको छ। साथै, अल्फाबेटअन्तर्गत रहेको स्वचालित सवारी सेवा कम्पनी वेइमो पनि बजार मूल्य वृद्धिको महत्वपूर्ण आधार बनेको छ। वेइमो हाल अमेरिकाका फिनिक्स, सान फ्रान्सिस्को बे एरिया, लस एन्जलस, अटलान्टा र अस्टिनलगायत सहरमा आम सर्वसाधारणका लागि व्यावसायिक रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ।

    अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाई हुन्। भारतबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका पिचाईले अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए। सामग्री इन्जिनियरका रूपमा करिअर सुरु गरेका उनी सन् २००४ मा व्यवस्थापन कार्यकारीका रूपमा गुगलमा आबद्ध भएका थिए। सन् २०१५ मा गुगलका सह–संस्थापक ल्यारी पेजले उनलाई गुगलको सीईओ नियुक्त गरेका थिए भने सन् २०१९ देखि उनी अल्फाबेटको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend