२०८३, आश्विन २२ गते

images

कांग्रेसले बोलायो आकस्मिक कार्यसमितिको बैठक

कांग्रेसले बोलायो आकस्मिक कार्यसमितिको बैठक

सीएनएन खबर
शनिवार, पौष २६ २०८२०८:३३
सीएनएन खबर
शनिवार, पौष २६ २०८२०८:३३
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार बैठक ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको छ ।

    महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएपछि त्यसबारे निर्णय लिन बैठक बस्न लागेको स्रोतको भनाइ छ ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् । विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो पदयात्रासमेत आयोजना गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend