२०८३, आश्विन २२ गते

images
  • समाचार
  • एक्यानको अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित,...

एक्यानको अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

एक्यानको अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

सीएनएन खबर
शनिवार, पौष २६ २०८२१०:४१
सीएनएन खबर
शनिवार, पौष २६ २०८२१०:४१
  • images

    काठमाडौँ: सक्रिय शैक्षिक परामर्श सङ्घ नेपाल (एक्यान) को तेस्रो वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ। राजधानीमा सम्पन्न सभाबाट संस्थाको अध्यक्ष पदमा किशोर तिवारी निर्विरोध निर्वाचित हुनुभएको हो।

    प्रमुख निर्वाचन अधिकृत अधिवक्ता हरेराम लामिछानेका अनुसार, निर्धारित समयभित्र सबै पदमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी दर्ता भएकाले नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा मेघराज शाही र रमेश पाठक, महासचिवमा दामोदर फुयाल, सचिवमा मनिष कुमार बर्देवा, कोषाध्यक्षमा मुकेश खतिवडा र सह–कोषाध्यक्षमा हिरानाथ महर्जन चयन हुनुभएको छ।

    यसैगरी, केन्द्रीय सदस्यहरूमा सुजन लामिछाने, प्रमिला पुरी भारती, सुमन थापा, कृष्णहरि सापकोटा, प्रेमप्रसाद शर्मा पौडेल, राधिका शाही, गंगाराम बस्नेत, सुवास थापा, विष्णु अधिकारी र राजकुमार महर्जन निर्वाचित हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष तिवारीले शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउँदै सदस्यहरूको हकहितका लागि आफूहरू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend