२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • साताको पहिलो कारोबार दिन नै ह्वात्तै...

साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो चाँदी ?

साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो चाँदी ?

आइतवार, पौष २७ २०८२१०:५९
आइतवार, पौष २७ २०८२१०:५९
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३१ हजार ९९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २७८ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend