काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन केहीबेरमा हुने तयारी छ।
बिहान ८ बजेदेखि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको थियो। कांग्रेसका अनुसार हालसम्म एक हजार ३२७ जना प्रतिनिधिले हस्ताक्षर र नाम दर्ता गराइसकेका छन्।
उद्घाटनका लागि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उपस्थित गराउने प्रयास असफल भएपछि, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गर्ने भएका छन्।
महाधिवेशनमा पार्टीको आन्तरिक शक्ति संरचना, नीति र आगामी रणनीतिका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

