२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कांग्रेसको विशेष महाधिवेशनः ५ बजेसम्म २...

कांग्रेसको विशेष महाधिवेशनः ५ बजेसम्म २ हजार ३५ जनाले गरे हस्ताक्षर

कांग्रेसको विशेष महाधिवेशनः ५ बजेसम्म २ हजार ३५ जनाले गरे हस्ताक्षर

आइतवार, पौष २७ २०८२०५:५४
आइतवार, पौष २७ २०८२०५:५४
  • images

    काठमाडौँ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । 

    पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।

    प्रचार प्रसार उपसमिति सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार दर्ता गर्ने महाधिवेशन प्रतिनिधिको संख्या  साँझ ५ बजेसम्म २०३५ पुगेको छ ।

    बिहान ८ बजेदेखि दर्ताको काम सुरु भएको हो ।  महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।

    आचार्यका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ ।

    महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ ९२० बमोजिम विशेषको माग गरेका थिए । कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend