२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • नयाँ संकल्पका साथ अघि बढ्नेछौं :...

नयाँ संकल्पका साथ अघि बढ्नेछौं : महामन्त्री शर्मा

नयाँ संकल्पका साथ अघि बढ्नेछौं : महामन्त्री शर्मा

आइतवार, पौष २७ २०८२०८:२३
आइतवार, पौष २७ २०८२०८:२३
  • images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताएका छन् ।  कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबार भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने उल्लेख गरे । 

    महामन्त्री शर्माले भने, ‘आगामी फागुन २१ गते रूख चिह्नमा मतदान गर्नुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, आगामी दिनमा नदोहोर्‍याउने संकल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौं ।’ उनले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिकलाई सन्तुष्ट गर्न नसकिएको बताए । सरकार परिवर्तनले सत्तामा पुगेकालाई सन्तुष्टि मिलेको भए पनि आमनागरिकले अनुभूति गर्न नसकेको महामन्त्री शर्माको भनाइ थियो । उनले विशेष महाधिवेशनलाई केवल संगठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend