२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कांग्रेसकाे विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान...

कांग्रेसकाे विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु हुने

कांग्रेसकाे विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु हुने

सोमवार, पौष २८ २०८२०७:४०
सोमवार, पौष २८ २०८२०७:४०
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ ।

    कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेदेखि बन्दसत्र हुन लागेको जानकारी दिनुभयो । सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ ।

    बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने संयोजक आचार्यले बताए । 

    बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend