२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित, बहुमत पुगे...

‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित, बहुमत पुगे नयाँ नेतृत्व चयन हुने बाटो खुल्ला

‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित, बहुमत पुगे नयाँ नेतृत्व चयन हुने बाटो खुल्ला

सोमवार, पौष २८ २०८२१२:३७
सोमवार, पौष २८ २०८२१२:३७
  • images

    काठमाडौँ । भृकुटीमण्डपमा जारी  नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ । 

    ज्येष्ठ सदस्य श्याम कुमार खड्काको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि सर्वसम्मत पारित भएको हो । 

    कार्यविधि पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको उल्लेख छ। कार्यविधिमा समसामयिक राजनीतिक समिक्षा, राजनीतिक तथा पार्टी नीति, विधानमा संशोधन गरिने उल्लेख छ।

    कार्यविधिमा वर्तमान केन्द्रीय कार्यसमिति, निर्वाचन समिति, अनुशासन समिति र लेखा समिति विघटन गरी नयाँ निर्वाचन समिति गठन र नयाँ नेतृत्व चयन हुने उल्लेख छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend