२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • संस्थापन पक्षसँग वार्ता गर्न गगन–विश्वले बनाए...

संस्थापन पक्षसँग वार्ता गर्न गगन–विश्वले बनाए चार समिति, संस्थापनबाट को को परे ?

संस्थापन पक्षसँग वार्ता गर्न गगन–विश्वले बनाए चार समिति, संस्थापनबाट को को परे ?

मंगलवार, पौष २९ २०८२०७:४६
मंगलवार, पौष २९ २०८२०७:४६
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले वार्ता गर्न लागेको हो ।

    आज हुने वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे  सहभागी हुने छन् । संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुनेछन् ।

    विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका थिएनन् ।

    सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका छन् ।

    कांग्रेसका ५१ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिएका छन् । संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने उनीहरूको चेतावनी छ ।

    आज हुने भनिएको वार्ताको स्थान र मिति भने तोकिएको छैन । यो वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend