२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कांग्रेस विशेष महाधिवेशनः सीताराम केसीको अध्यक्षतामा...

कांग्रेस विशेष महाधिवेशनः सीताराम केसीको अध्यक्षतामा नयाँ निर्वाचन समिति गठन, संस्थापक समूहसँग वार्ता जारी

कांग्रेस विशेष महाधिवेशनः सीताराम केसीको अध्यक्षतामा नयाँ निर्वाचन समिति गठन, संस्थापक समूहसँग वार्ता जारी

मंगलवार, पौष २९ २०८२१०:२३
मंगलवार, पौष २९ २०८२१०:२३
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत  निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको हो । 

    संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच समितिले गठन गरेर वार्ता भइरहेको बेलामा यता महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउन निर्वाचन समिति गठन गरिएको हो।

    निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहेका छन् । 

    वालुवाटारमा वार्ता जारी 

    नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबिच वार्ता जारी छ । बालुवाटारमा दुई समूहबिच वार्ता भइरहेको हो । 

    जारी विवाद समाधानको लागि भन्दै विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षले वार्ता समिति बनाएको थियो । 

    विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन् ।

    संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend