२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • फुट रोक्न सकिएन, घर फर्कन शेखरको...

फुट रोक्न सकिएन, घर फर्कन शेखरको आग्रह

फुट रोक्न सकिएन, घर फर्कन शेखरको आग्रह

बिहिवार, माघ १ २०८२०६:१६
बिहिवार, माघ १ २०८२०६:१६
  • images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने भगीरथ प्रयास सफल हुन नसकेको बताएका छन्।

    पार्टी विभाजनपछि बिहीबार पहिलो पटक वक्तव्य जारी गर्दै कोइरालाले यसको पछाडि को दोषी, को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न आफूले नचाहेको उल्लेख गरेका छन्।

    ‘हामी सबै कहीँ न कहीँ चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन,’कोइरालाले भनेका छन्, ‘यस बिचमा भएका कैयन् घटनाहरूको साक्षी भएकाले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिकाबारे मूल्याङ्कन गर्ने जिम्मेवारी म इतिहासमा सुम्पन्छु।’

    दृश्यमा देखिएका र नदेखिएका अनेकन् अन्तर्विरोधबाट कांग्रेस गुज्रिएको कोइरालाले जनाएका छन्। ‘राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ,’ कोइरालाले उल्लेख गरेका छन्।

    कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्नेमा सबैको इमानदार प्रयास रहेको पनि उनले भनेका छन्। ‘तर त्यसो हुन सकेन। यस कठिन घडीमा हामीले स्मरण गर्नुपर्ने हाम्रा महामानव श्रद्धेय नेता बिपी कोइरालालाई हो’ वक्तव्यमा भनिएको छ ।

    पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने पनि कोइरालाले जनाएका छन्। ‘म आह्वान गर्छु, हामी सबै घर फकौँ, कांग्रेसमा फर्कौँ। यहाँ जित हार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ,’ कोइरालाले लेखेका छन्।

    sekhar-1.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend