काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले देशलाई दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ– देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ । अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ ।’
उनले आफू राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, दिगो बनाउने र व्यवस्थित बनाउने भएको उल्लेख गरेका छन् ।
‘नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन । विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो– उदार समाज निर्माण गर्नु हो ।’ उनले अगाडि लेखेका छन् ।

