२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • पार्टीको आधिकारिकता दाबी गर्दै देउवा पक्षका...

पार्टीको आधिकारिकता दाबी गर्दै देउवा पक्षका नेताहरु निर्वाचन आयोगमा

पार्टीको आधिकारिकता दाबी गर्दै देउवा पक्षका नेताहरु निर्वाचन आयोगमा

शुक्रवार, माघ २ २०८२१०:५९
शुक्रवार, माघ २ २०८२१०:५९
  • images

    काठमाडौँ । नेपाली कांग्रेसमा देउवा पक्ष (नियमित महाधिवेशन) का नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् । 

    निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा। शशांक कोइराला, मीन विश्वकर्मा,नैनसिंह महरलगायत नेताहरूको उपस्थिति छ । 

    यसअघि बिहीबार (माघ १) गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । 

    सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको जिकिर गर्दै आधिकारिकता दाबी गरेका थिए । 

    विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका नेताहरूलाई कारबाही गरेको थियो । 

    दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन् । निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्न सक्ने विश्लेषकहरूले बताएका छन् । 

    आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्न सक्ने सम्भावना छ । कांग्रेसको यो विवादले पार्टीको चुनाव चिह्न रुख र झन्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ । दुवै पक्षले बहुमत आफूहरूसँग रहेको दाबी गरिरहेका छन्

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend