२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • निर्वाचन आयोगले कांग्रेस देउवा पक्षलाई भन्योः...

निर्वाचन आयोगले कांग्रेस देउवा पक्षलाई भन्योः विधि बाहिर गएर निर्णय गर्दैनौं

निर्वाचन आयोगले कांग्रेस देउवा पक्षलाई भन्योः विधि बाहिर गएर निर्णय गर्दैनौं

शुक्रवार, माघ २ २०८२१२:०६
शुक्रवार, माघ २ २०८२१२:०६
  • images

    काठमाडौँ । नेपाली काग्रेस शेरबहादुर देउवा पक्षका नेताहरुले निर्वाचन आयोग पुगेर आफूहरुले कुनै महाधिवेशन नगरेको दाबी गर्दै गगन थापा पक्षले पेश गरेको निवेदन स्वीकार नगर्न अनुरोध गरेपछि निर्वाचन आयोगले विधि बाहिर गएर निर्णय नहुने जवाफ दिएको छ । 

    निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर विश्लेषण गर्ने बताए ।

    ‘विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन,’ भण्डारीले भने, ‘निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईंहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।’

    आज बिहान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा शेखर कोइराला र केही कानुनविदसहित आयोगमा पुगेका थिए । उनीहरुले थापाहरुले गरेको विशेष महाधिवेशन अवैधानिक भएको दाबी गरेका छन् 

    कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशनबाट बाहिरिएको दाबी गरेका छन् ।

    शुक्रबार ९माघ २० निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ हस्ताक्षर कर्ताले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका हुन् ।

    हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend