काठमाडौँ । नेपाली कांग्रेसको आधिकारीतामा दाबी गर्दै गगन थापा पक्ष र संस्थापन पक्षका नेताकार्यताको भिड बढेपछि सुरक्षा व्यवस्था कर्डा पारिएको छ ।
निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू बाहिरिएका छन्। आफ्नो आधिकारिकता दाबी गर्दै आयोग पुगेका नेताहरू आयोगमा कुराकानी गरेर बाहिररिएका हुन्।
तर, गगन नेतृत्वको कांग्रेसका कार्यकर्ता राति ९ बजेसम्म आयोग बाहिर नै बस्ने भएका छन्। निर्वाचन आयोगको कार्यालय र गेट बाहिर गगन कांग्रेसका कार्यकर्ताको बाक्लो उपस्थित छ।
यता, शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता कार्यकर्ता पनि आयोग पुगेका छन्। पार्टीको आधिकारिता दाबी गर्दै सानेपाबाट नेता कार्यकर्ता नारावाजी गर्दै निर्वाचन आयोगको कार्यालय पुगेका हुन्।
दुवै समूह आयोगमा पुगेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। अहिले प्रहरीले गेटभित्र प्रवेशमा रोक लगाएको छ।
सञ्चारकर्मी र आयोगका कर्मचारी बाहेकलाई आयोगको कार्यालयमा प्रवेशमा रोक लगाइएको हो।

