२०८३, आश्विन २२ गते

images
  • समाचार
  • ‘हेलिकप्टर प्रयोग गरेर चुचुरो चढ्ने अभ्यास...

‘हेलिकप्टर प्रयोग गरेर चुचुरो चढ्ने अभ्यास आरोहण हैन’

‘हेलिकप्टर प्रयोग गरेर चुचुरो चढ्ने अभ्यास आरोहण हैन’

शुक्रवार, माघ २ २०८२०५:२०
शुक्रवार, माघ २ २०८२०५:२०
  • images
    काठमाडौँ । सांसदहरूले साहसिक पर्यटनको मर्यादा जोगाउन आरोहण अभ्यासमा सुधारको आवश्यकता औँल्याएका छन् । 
     
    राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा पर्यटन विधेयक, २०८१  माथिको दफावार छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरूले पर्वतारोहण प्रमाणपत्र, हेलिकप्टर प्रयोग र दुर्घटना तथा मृत्युका अवस्थामा प्रमाणपत्र दिने विषय ऐनमा नै स्पष्ट व्यवस्थाका लागि जोड दिएका हुन् ।   
     
    बैठकमा हिमाल आरोहणका नाममा हुने हेलिकप्टर दुरुपयोग, झुट्टा उद्धार, तथा चुचुरोमा पुगेर फर्कन नसकेका आरोहीलाई प्रमाणपत्र दिने वा नदिने विषयमा छलफल गरिएको छ । 
     
    समिति सभापति तुलसाकुमारी दाहालले झुट्टा उद्धार रोक्न, उद्धारका लागि हेलिकप्टर÷ड्रोन प्रयोगलाई कडाइका साथ नियमन गर्न तथा प्रविधिमैत्री बनाउन स्पष्ट मापदण्डसहितको व्यवस्था ल्याउनुपर्नेमा मन्त्रालयलाई  निर्देशनसमेत दिईन । 
     
    हेलिकप्टर चढेर आरोहण सम्पन्न गर्ने अभ्यासले हिमालको गरिमा र साहसिक पर्यटनको मर्ममाथि गम्भीर आघात पु¥याएको संशोधनकर्ता सांसदहरूको धारणा थियो ।
     
    बैठकमा संशोधनकर्ताहरूले आधार शिविरबाट हिँडेर चुचुरोमा पुगेर पुनः आधार शिविर फर्किएका पर्वतारोहीलाई मात्रै प्रमाणपत्र दिने व्यवस्था हुनुपर्नेमा विशेष जोड दिए । 
     
    छलफलका क्रममा प्रविधि प्रयोग गरेर आरोहण पुष्टि गर्ने विषयमा संशोधनकर्ता र मन्त्रालयबीच समान मत देखिएको छ । संशोधनकर्ताहरूले उद्धारको नाममा हुने दुरुपयोग रोक्न स्पष्ट व्यवस्था राख्नुपर्नेमा जोड दिए । 
     
    संशोधनकर्ता सोनाम गेल्जेन शेर्पाले हेलिकप्टर प्रयोग गरेर चुचुरो चढ्ने अभ्यासलाई रोक्न स्पष्ट कानुनी प्रावधानको आवश्यक औँल्याए । उनले यसलाई आरोहण मान्न नहुने भन्दै आधार शिविरबाट पैदल आरोहणलाई मात्रै मान्यता दिनुपर्ने धारणा राखे । 
     
    संशोधनकर्ता डा बेदुराम भुसालले चुचुरोमा पुगेपछि फर्कने क्रममा दुर्घटना भई मृत्यु भएको अवस्थामा प्रमाणपत्र दिने÷नदिने विषय स्पष्ट गर्नुपर्ने बताए ।  पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हाल चुचुरोमा पुगेर फर्किएपछि दाबी भएमा प्रमाणपत्र दिने अभ्यास रहेको तर कानुनमा स्पष्टता नभएको स्वीकार गरे । 
     
    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राजेन्द्र अधिकारीले क्षतिपूर्ति र धरौटीसम्बन्धी भाषागत अस्पष्टता सच्याउनुपर्ने सुझाव प्रस्तुत गरे । 
     
    समिति सभापति तुलसाकुमारी दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई थप गृहकार्य गरेर स्पष्ट र समयसापेक्ष व्यवस्था ल्याउन निर्देशन दिईन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend