काठमाडौँ । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा राजीनामा दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा ९एमाले० की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नुभएको संसद्का प्रवक्ता एकराम गिरिले जानकारी दिए ।
नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् । उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।

