२०८३, आश्विन २२ गते

images

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

सीएनएन खबर
सोमवार, माघ ५ २०८२०७:४८
सीएनएन खबर
सोमवार, माघ ५ २०८२०७:४८
  • images

    काठमाडौँ । सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ ।  कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

    दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक कारोबार नभएका र अब सञ्चालन हुन सक्ने स्थिति नभएका सहकारीको दर्ता खारेजी गरिएको सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले बताए ।

    कार्यालयले स्याङ्जा, गोरखा, तनहुँ, कास्की, म्याग्दी, लमजुङ, बागलुङ र पर्वतका निष्क्रिय सहकारीको दर्ता खारेज गरेको हो । दर्ता खारेज हुनेमा सबैभन्दा धेरै सहकारी स्याङ्जा जिल्लाका रहेका छन् । स्याङ्जामा आठ  सहकारीको दर्ता खारेज भएको छ । 

    स्याङ्जाका आठ वटै सहकारी चालु आर्थिक वर्षमा दर्ता खारेज भएका उहाँले जानकारी दिनुभयो । सहकारी रजिष्ट्रार रिजालका अनुसार गोरखामा ६, तनहुँमा ४, कास्कीमा ३, म्याग्दीमा २, लमजुङ, बागलुङ र पर्वतमा समान एक÷एकवटा सहकारीको दर्ता खारेज भएको हो ।दर्ता खारेज हुने सहकारीमा बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि, उपभोक्ता, सूचना तथा सञ्चार, विद्युत्, मौरीपालन, अदुवा उत्पादनका क्षेत्रमा काम गर्ने उद्देश्यसहित स्थापना गरिएका सहकारी छन् ।

    “सहकारीको दर्ता खारेजका लागि सात वटाको प्रक्रिया पूरा भएको छ” उनले भने, “बाँकी १० सहकारी दर्ता खारेजीको थप प्रक्रियामा रहेका छन्, दर्ता खारेज हुने क्रम अझै बढ्छ ।”सहकारी रजिष्ट्रार कार्यालय पोखरामा हाल ८९० वटा सहकारी रहेका छन् । 

    यसमध्ये ५८८ सहकारी अद्यावधिक भएर सञ्चालनमा  छन् । ३०२ सहकारी निष्क्रिय छन् । सहकारीसंग जोडिएका विभिन्न विषयगत सङ्घ तथा सहकारी संस्था निष्क्रिय रहेका हुन् । ती निष्क्रिय रहेका सङ्घ तथा सहकारीमध्ये जिल्लामा मात्रै सङ्घ तथा संस्था गरी ५० निष्क्रिय छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend