२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • मनोनयन दर्ताका लागि आजै रुकुमपूर्व जाँदै...

मनोनयन दर्ताका लागि आजै रुकुमपूर्व जाँदै प्रचण्ड

मनोनयन दर्ताका लागि आजै रुकुमपूर्व जाँदै प्रचण्ड

सीएनएन खबर
सोमवार, माघ ५ २०८२१०:३२
सीएनएन खबर
सोमवार, माघ ५ २०८२१०:३२
  • images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व जान लागेका हुन् ।

    प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । नेकपा रुकुमपूर्वका अनुसार प्रचण्डको स्वागतका लागि तयारी पूरा भएको छ ।

    नेकपा रुकुम पूर्वका इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्डको कार्यतालिका तय भइसकेको छ ।  ‘सोमबार पुग्नुहुनेछ भने मंगलबार तामझामका साथ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ’, उनले भने ।

    प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेर बुधबार मात्र काठमाडौँ फर्कने कार्यतालिका रहेको  इन्चार्ज वलीले जानकारी दिए । ‘यस क्रममा उनले जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग विशेष राजनीतिक छलफल र परामर्श समेत गर्नुहुनेछ’, उनले भने ।

    यसअघि २०७९ को निर्वाचनमा गोरखा(२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक सुरक्षित स्थान खोज्दै जनयुद्धको आधारभूमि रुकुमपूर्व पुगेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend