काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर-२ बाट नेकपा (एमाले) का सचिव महेश बस्नेतविरूद्व राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजीव खत्री चुनाव लड्ने भएका छन् ।
खत्री भक्तपुर-२ बाट चुनाव लड्ने पक्का भएको हो । काठमाडौं १० का बासिन्दा खत्री पूर्वसञ्चारकर्मी हुन् ।
दुई जनाबीच यस क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको हो।
यस्तै रास्वपाले काठमाडौंको क्षेत्र नम्बर १०मा पनि उम्मेदवार टुंगो लगाएको छ। यहाँ प्रदीप विष्टलाई उम्मेदवार बनाएको हो। यसअघि पनि विष्ट रास्वपाबाट उम्मेदवार थिए।

