काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्यका लागि लमजुङमा युवा नेता ३६ वर्षीय हरिजङ तामाङलाई उम्मेदवार बनाएको छ।
बेँसीसहर नगरपालिका–१० साँधु म्रोंचे घर भई हाल बेँसीसहर बस्दै आएका उनी पार्टी एकीकरणअघि नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य थिए।
पार्टीका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले आइतबार उनलाई उम्मेदवारको टिकट निश्चित गरेका हुन्। माओवादी केन्द्रका तत्कालीन महासचिव देवप्रसाद गुरुङ उम्मेदवार बन्ने चर्चा रहेको लमजुङमा अन्ततः तामाङलाई टिकट दिइएको हो।

