काठमाडौँ । तत्कालीन नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेशसभा सदस्य रहबर अन्सारी आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दैछन्।
जनकपुरधाममा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभा कार्यक्रममा उनले औपचारिक रूपमा पार्टी प्रवेश गर्ने तयारी गरेका हुन्।
अन्सारी आगामी निर्वाचनमा रास्वपाको तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारीसहित रास्वपामा प्रवेश गर्न लागेका एक नेताले जानकारी दिए।
रास्वपाले मधेस प्रदेशमा संगठन विस्तार र जनाधार सुदृढ गर्ने क्रममा प्रभावशाली नेताहरूलाई पार्टीमा आवद्ध गराउँदै आएको छ। अन्सारीले एक महिनाअघि मात्रै माओवादी केन्द्रबाट राजीनामा दिएका थिए।
माओवादी केन्द्रको प्रदेश सांसदका रूपमा कार्यरत रहँदा उनले विभिन्न सामाजिक तथा राजनीतिक मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।
प्रदेशसभा सदस्यबाट दिए राजीनामा
मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले पदबाट राजीनामा दिएका छन् । सोमबार ९माघ ५० उनले राजीनामा दिएका हुन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन उनीसँगै मधेस प्रदेशसभाबाट हालसम्म तीन सदस्यले राजीनामा दिइसकेका छन् ।
अन्सारी तत्कालीन नेकपा ९माओवादी केन्द्र०बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ ‘क’बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
अन्सारीअघि पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वसभामुख रामचन्द्र मण्डलले राजीनामा दिइसकेका छन् ।

