काठमाडौँ । यसअघिका स्वतन्त्र सांसद डा अमरेशकुमार सिंह रास्वपा प्रवेश गरेका छन् । रास्वपा प्रवेश गर्दै जनकपुरमा आयोजित कार्यक्रमा उनले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गर्दै बालेन प्रधानमन्त्री नभएर आत्मदाह गर्ने सार्वजनिक घोषणा समेत गरे ।
जनकपुरमा सोमबार आयोजित रास्वपाको सभामा बोल्दै सिंहले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने बताएका हुन ।
उनले भने, ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु ।’
उनले दोहोर्याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’ बालेनलाई देशको महानायक भन्दै सिंहले आफ्नो गम्झा देखाउँदै भोट मागे ।

