२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रविले भनेः केन्द्रले प्रशासकीय अधिकृत दिएन,...

रविले भनेः केन्द्रले प्रशासकीय अधिकृत दिएन, अब प्रशासकीय अधिकृत होइन सत्ता फेरने हो

रविले भनेः केन्द्रले प्रशासकीय अधिकृत दिएन, अब प्रशासकीय अधिकृत होइन सत्ता फेरने हो

सोमवार, माघ ५ २०८२०४:४०
सोमवार, माघ ५ २०८२०४:४०
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रले एउटा प्रशासकीय अधिकृत समेत दिन नसकेको भन्दै प्रशासकीय अधिकृत नभएर सत्ता नै परिवर्तन गर्ने बताएका छन् । 

    सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफ्नो आमाको फोटो हेरेर सोचविचार गर्दा आफूलाई बालेनले देश बनाउने विश्वास भएको सुनाए।

    ‘मैले आमाको फोटो हेरेर विचार गरे। मलाई लाग्यो बालेनले देश बनाउँछ,’ लामिछानेले थपे, ‘मैले भने, आमा बालेनले देश बनाउँछ।’

    देश र जनताको हितका लागि आफू र बालेन मिलेको उनको भनाइ थियो। ‘हामी देश र जनाको हितका लागि एकै ठाउँमा आएका हौँ,’ उनले भने। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend