काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार उनले मन्त्रालयमा पत्रकारसम्मेलनको आयोजना गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
मन्त्रीपदबाट राजीनामा दिएसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर २ बाट उम्मेदवारी दिने तयारीमा छन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि माघ ६ गते मनोनयनको समयसिमा तोकेको छ ।

