२०८३, आश्विन २१ गते

images

आरजूले पाइनन् टिकट

आरजूले पाइनन् टिकट

सोमवार, माघ ५ २०८२०८:४७
सोमवार, माघ ५ २०८२०८:४७
  • images

    काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीका ५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू फाइनल गरेको छ। कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारका अनुसार सबै क्षेत्रका उम्मेदवारमा सहमति पुगिसकेको छ।

    कैलाली–५ बाट कांग्रेसका पूर्वसदस्य र सुदूरपश्चिम प्रदेश समिति महामन्त्री नरनारायण शाह (मनु) चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि कैलाली–५ बाट उम्मेदवारी दिन चाहने पूर्वमन्त्री आरजू राणा देउवाले यसपटक टिकट पाइनन्। उनले २०७४ को चुनावमा एमालेका नारदमुनि रानासँग हार भोगेकी थिइन् भने २०७९ मा डडेल्धुराबाट समानुपातिक सूचीमा राखिएका थिइन्।

    कैलाली–४ बाट पूर्वमन्त्री र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर पुनः कांग्रेसको उम्मेदवार बनाएका छन्।

    त्यस्तै, कैलाली–१ मा जनकराज चौधरी, कैलाली–२ मा विजय स्वार र कैलाली–३ मा भीम बडुवाल कांग्रेसको तर्फबाट चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।

    कांग्रेसका उम्मेदवारले क्षेत्रीय जनसम्पर्क र अभियानलाई तीव्र पार्दै आगामी निर्वाचनको तयारी सुरु गरेका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend