२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ऋषि धमलाले छोडे पत्रकारीता, रौतहटबाट चुनाव...

ऋषि धमलाले छोडे पत्रकारीता, रौतहटबाट चुनाव लड्ने

ऋषि धमलाले छोडे पत्रकारीता, रौतहटबाट चुनाव लड्ने

सीएनएन खबर
मंगलवार, माघ ६ २०८२०७:५५
सीएनएन खबर
मंगलवार, माघ ६ २०८२०७:५५
  • images

    काठमाडौँ । प्राइम टेलिभिजनका पत्रकार ऋषि धमला पनि चुनाव लड्ने भएका छन्। पत्रकारीता छोडेर उनी चुनावमा होमिएका हुन् । 

    उनले सञ्चालन गर्दै आएको जनताजान्न चहन्छन् टेलिभिजन कार्यक्रम निकै चर्चित थियो । अब उनको सट्टामा कार्यक्रम ऋषि थपलियाले चलाउने भएका छन्।

    पत्रकारीता छोडेर उनी रौतहटबाट चुनाव लड्ने बताएका छन्। उनी प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका हुन् ।
     
    उनी रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन्। ऋषिपत्नी एलिजा त्यस पार्टीकी उपाध्यक्ष छिन्। उनी केही समयअघि पार्टी प्रवेश गरेकी थिइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend