२०८३, आश्विन २१ गते

images

शिक्षामन्त्री महाविर पुनले पनि दिए राजीनामा

शिक्षामन्त्री महाविर पुनले पनि दिए राजीनामा

मंगलवार, माघ ६ २०८२१०:००
मंगलवार, माघ ६ २०८२१०:००
  • images

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

    यसअघि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका थिए । 

    घिसिङ, खरेल र गुप्ता २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दैछन् । पुनले भने यसबारे केही बताएका छैनन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend