२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • गगनले दिए देउवाको निर्वाचन क्षेत्रमा नैन...

गगनले दिए देउवाको निर्वाचन क्षेत्रमा नैन सिंह महरलाई टिकट, आफू सर्लाही ४ बाट उठ्ने

गगनले दिए देउवाको निर्वाचन क्षेत्रमा नैन सिंह महरलाई टिकट, आफू सर्लाही ४ बाट उठ्ने

मंगलवार, माघ ६ २०८२१०:०६
मंगलवार, माघ ६ २०८२१०:०६
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट नैन सिंह महर चुनाव लड्ने भएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक निर्वाचन लडेको डडेलधुरा (१ मा महरलाई टिकट दिएका हुन्।  देउवाले उक्त क्षेत्रमा २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका थिए। 

    गगन सर्लाही ४ बाट उठ्ने 

    नेपाली कांग्रेसका सभापति समेत रहेका थापा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।

    कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही ४ बाट उम्मेदवार हुने भएका हुन् । कांग्रेसले अझै पनि टिकट वितरण टुंग्याएको छैन ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो।

    आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend