२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कांग्रेसले लगाउन सकेन काठमाडौँ सहित ९...

कांग्रेसले लगाउन सकेन काठमाडौँ सहित ९ स्थानको उम्मेदवारको टुंगो

कांग्रेसले लगाउन सकेन काठमाडौँ सहित ९ स्थानको उम्मेदवारको टुंगो

मंगलवार, माघ ६ २०८२०२:३५
मंगलवार, माघ ६ २०८२०२:३५
  • images

    काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रत्यक्षतर्फका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ। 

    मनोनयन दर्ताको अन्तिम दिन सोमबारसम्म कांग्रेसले कूल १६५ निर्वाचन क्षेत्रमध्ये १५६ क्षेत्रमा उम्मेदवार तय गरेको हो। बाँकी ९ निर्वाचन क्षेत्रमा भने आकांक्षीहरूको व्यवस्थापन र आन्तरिक शक्ति सन्तुलन मिलाउन सकस हुँदा उम्मेदवार छनोट प्रक्रिया जारी रहेको कांग्रेस स्रोतले जनाएको छ ।

    यी हुन खाली स्थान

    नेपाली कांग्रेसले काठमाडौंका १० मध्ये ४ वटा महत्वपूर्ण क्षेत्रमा उम्मेदवारको नाम अझै सार्वजनिक गरेको छैन। काठमाडौं क्षेत्र नं. १, २, ३ र ७ मा उम्मेदवार तय हुन बाँकी छ। यस्तै, भक्तपुर–१, चितवन–१, पर्सा–२ र कैलाली–४ मा पनि टिकटको छिनाझपटी कायमै रहँदा उम्मेदवारको नाम सार्वजनिक हुन नसकेको हो।

    पार्टी पदाधिकारी र संसदीय बोर्डको बैठकले उम्मेदवारको नाम अन्तिम टुंगो लगाउन गृहकार्य गरिरहेको छ। मनोनयनको समयसीमाभित्रै ती क्षेत्रमा पनि आधिकारिक उम्मेदवार पठाउने कांग्रेसको तयारी छ ।
     
    कांग्रेसले कोशीमा मोरङ–६ बाट डा. शेखर कोइराला, मोरङ–२ बाट डा.मीनेन्द्र रिजाल र सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्कीलाई मैदानमा उतारेको छ। मधेश प्रदेशको धनुषा–३ मा विमलेन्द्र निधि र सर्लाही–४ मा गगनकुमार थापाले टिकट दिइएको छ।

    बागमती प्रदेशतर्फ नुवाकोट–१ मा डा. प्रकाशशरण महत, काठमाडौं–५ मा प्रदीप पौडेल र ललितपुर–१ मा उदयशम्शेर राणा चुनावी मैदानमा उत्रिएका छन् । गण्डकीमा तनहुँ–२ बाट शंकर भण्डारी र स्याङ्जा–२ बाट भागवतप्रकाश मल्ल उम्मेदवार बनेका छन्। लुम्बिनीमा विनोद चौधरी परासी–१०, डा.चन्द्र भण्डारी गुल्मी–१० र डा.गोविन्दराज पोखरेल (प्यूठान) कांग्रेसका मुख्य उम्मेदवार हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend