२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सहकारी ठगी प्रकरणः पर्सा अदालतले रविसँग...

सहकारी ठगी प्रकरणः पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

सहकारी ठगी प्रकरणः पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

मंगलवार, माघ ६ २०८२०३:२४
मंगलवार, माघ ६ २०८२०३:२४
  • images

    काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग १ करोड धरौटी माग गरेको हो ।

    गत असार १ मा वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो ।

    उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend