२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • झापामा ओलीलाई धक्काः युवासंघ दमक अध्यक्ष...

झापामा ओलीलाई धक्काः युवासंघ दमक अध्यक्ष छवि खतिवडाले छोडे साथ, लागे बालेनतिर

झापामा ओलीलाई धक्काः युवासंघ दमक अध्यक्ष छवि खतिवडाले छोडे साथ, लागे बालेनतिर

बुधवार, माघ ७ २०८२१२:११
बुधवार, माघ ७ २०८२१२:११
  • images

    काठमाडौँ । एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई झापामा अर्काे धक्का लागेको छ । नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले संगठन छाडेर बालेनतिर लागेका छन् । 

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट ओलीका प्रतिस्पर्धीका रुपमा रहेका बालेन शाहलाई सपोट गर्दै खतिवडाले एमाले छोडेको घोषणा गरेका हुन् । 

    उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका हुन्।

    ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा ९एमाले० को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु,’ उनले लेखेका छन्।

    उनले त्यसपछि स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको पनि बताएका छन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend