२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचनमा देशभर ३४८६ जनाको उम्मेदवारी...

प्रतिनिधिसभा निर्वाचनमा देशभर ३४८६ जनाको उम्मेदवारी मनोनयन

प्रतिनिधिसभा निर्वाचनमा देशभर ३४८६ जनाको उम्मेदवारी मनोनयन

बुधवार, माघ ७ २०८२०३:१५
बुधवार, माघ ७ २०८२०३:१५
  • images

    काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । 

    केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको हो ।
          
    यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कूल तीन हजार ४८६ उम्मेदवारीमध्ये पुरुष तीन हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् ।

    दर्ता भएका उम्मेदवारका बारेमा आज योग्यतासम्बन्धी प्रश्न भएमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend