२०८३, आश्विन २२ गते

images

सरकारी साक्षीविरुद्द भ्रष्टाचार मुद्दा

सरकारी साक्षीविरुद्द भ्रष्टाचार मुद्दा

सीएनएन खबर
बुधवार, माघ ७ २०८२०४:४४
सीएनएन खबर
बुधवार, माघ ७ २०८२०४:४४
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​​

    गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ६ बस्ने जिवराज पोखरेलविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार रामबाबु महतो भन्ने रामबाबु महतो कोइरी प्रतिवादी रहेको मुद्दामा सरकारी साक्षी पोखरेलले विशेष अदालतसमक्ष बकपत्र गर्दा आयोगमा गरेको भन्दा फरक बयान दिएका थिए । 

    आयोगले उनीविरुद्ध २७ लाख २३ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद दुवै सजायको मागदाबी गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend