२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • महोत्तरीमा ४ निर्वाचन क्षेत्रः दलका ५५...

महोत्तरीमा ४ निर्वाचन क्षेत्रः दलका ५५ उम्मेदवार, स्वतन्त्रबाट ८८

महोत्तरीमा ४ निर्वाचन क्षेत्रः दलका ५५ उम्मेदवार, स्वतन्त्रबाट ८८

बिहिवार, माघ ८ २०८२०७:३१
बिहिवार, माघ ८ २०८२०७:३१
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । 

    चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । 

    जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने ५५ जना मात्र छन् । क्षेत्र नम्बर १ मा १२, २ र ३ मा १५ एवं ४ मा १३ जना छन् । 

    यसैगरी, स्वतन्त्र उम्मेदवारी दिने ८८ मध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा २७ जना रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी क्षेत्र नम्बर ४ मा २४, २ मा २२ र १ मा १५ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

    जिल्लामा १९ जना महिलाले उम्मेदवारी दर्ता गराएका  छन् । दलगतभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी छ । जिल्लाका चारवटै क्षेत्रमा गरी उम्मेदवारी दर्ता गराउने १९ महिलामध्ये १० जना स्वतन्त्र उम्मेदवार रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलले जानकारी दिए । 

    निर्वाचन क्षेत्र–१ मा पाँच, २ मा पाँच, ३ मा २ र ४ मा सात गरी जम्मा १९ जना महिला उम्मेदवार छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend