२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको...

सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु

सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु

सीएनएन खबर
बिहिवार, माघ ८ २०८२१२:५७
सीएनएन खबर
बिहिवार, माघ ८ २०८२१२:५७
  • images

    काठमाडौँ । सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।  धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो । 

    काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

    प्रहरीका अनुसार रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईको भनाइ छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend