२०८३, आश्विन २२ गते

images
  • समाचार
  • राप्रपा: झापा–२ का उम्मेदवार नेपाललाई साइबर...

राप्रपा: झापा–२ का उम्मेदवार नेपाललाई साइबर ब्युरो, काठमाडौँ ४ का उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

राप्रपा: झापा–२ का उम्मेदवार नेपाललाई साइबर ब्युरो, काठमाडौँ ४ का उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

बिहिवार, माघ ८ २०८२०१:२७
बिहिवार, माघ ८ २०८२०१:२७
  • images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भापा २ का उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरो र काठमाडौँ ४ का उम्मेदवार सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

    ब्युरोको टोलीले उनलाई फोन सम्पर्क गरी कार्यालयमा बोलाएको हो। उनीमाथि केही विषयमा बुझ्नका लागि बोलाइएको प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले जानकारी दिए।

    नेपालले केही समयअघि नेपाली सेनाले स्थितिमा नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ भनेर टिप्पणी गरेका थिए। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलाएकोमा विरोध जनाएका छन्।

    यस्तै, काठमाडौं-४ बाट उम्मेदवारी दिएका राप्रपाका नेता सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

    अल्पसंख्यक समुदायप्रति लक्षित अभिव्यक्ति दिएको आरोपमा आयोगले भण्डारीलाई लिखित स्पष्टीकरण पेश गर्न पत्र पठाएको हो
    । आयोगले पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्ट जवाफ पेस गर्न भनेको हो । 

    उनीविरुद्ध लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलक्षित घृणित अभिव्यक्ति दिएको तथा समाजमा भ्रम फैलाएको भन्दै उजुरी परेको थियो । उजुरीमा तत्काल उम्मेदवारी खारेज गरी हदैसम्मको कारबाही गर्न पनि माग गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend