२०८३, आश्विन २१ गते

images

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

बिहिवार, माघ ८ २०८२०३:५५
बिहिवार, माघ ८ २०८२०३:५५
  • images

    काठमाडौँ । मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मङ्गलबार उम्मेदवारी मनोनयनपत्र दर्ता गराएकामध्ये कुसैको पनि उजुरी परेको छैन ।

    आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मङ्गलबार देशैभर उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएको थियो । बुधबार बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिने समय तालिका तोकिएकामा उक्त अवधिभर कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि मुस्ताङमा आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, मङ्गोल नेसनल अर्गानाइजेसन र आम जनता पाटी (आजपा)ले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मुस्ताङका पाँच स्थानीय तहमा गरी ३९ वटा मतदान केन्द्र तोकिएको छ । यहाँ मतदाता नामावली अद्यावधिक हुँदा ११ हजार ३२८ जना मतदाता कायम भएका छन् । रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend