काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले बिहीबा विशेष अदालतमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी सहित ९ जना विरुद्ध मुद्धा दायर गरेको हो ।
उनीहरु माथि साविक बेतहनी गाविस वडा नम्बर ४ को कित्ता नम्बरहरु २ र ११ लगायतका जग्गाहरु गैरकानूनी ढंगले सिफारिस तथा निर्माण गरेको आरोप लागेको छ ।
मालपोत कार्यालय बाँकेका तत्कालीन मालपोत अधिकृत अशोक कुमार भट्टराई, तत्कालीन नायब सुब्बा ताराप्रसाद खनाल, तत्कालीन गाविस सचिव मान बहादुर बोगटी, नायब सुब्बा कर्ण बहादुर पुन, वडा नम्बर २ का लिलावती कैराती र विरेन्द्र कुमार कुर्मी विरुद्ध मुद्धा दायर भएको हो ।
उनीहरुमाथि २२ लाख ४२ हजार ७२० रुपैयाँ बिगो माग दाबी गर्दै आयोगले मुद्धा दायर गरेको हो ।

