२०८३, आश्विन २२ गते

images

भक्तपुरको बालसुधार गृहमा झडप र आगजनी

भक्तपुरको बालसुधार गृहमा झडप र आगजनी

शुक्रवार, माघ ९ २०८२०७:५८
शुक्रवार, माघ ९ २०८२०७:५८
  • images

    काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधारगृहमा दुई पक्षबीच झडप र आगजनी भएको छ ।

    गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड समेत भएको प्रहरीले जनाएको छ । प्रहरीले झडप नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली परिचालन गर्नुपरेको छ ।

    झडपको जानकारी पाएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो ।

    स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको हो ।

    आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो ।

    सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    सानोठिमीस्थित बाल सुधारगृहमा१४५ पुरुष र २४ महिला गरी १६९ जना छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend