२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • मनाङमा कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई एमाले...

मनाङमा कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई एमाले र राप्रपाको साथ, उम्मेदवारी फिर्ताका लागि दिए निवेदन

मनाङमा कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई एमाले र राप्रपाको साथ, उम्मेदवारी फिर्ताका लागि दिए निवेदन

शुक्रवार, माघ ९ २०८२१२:२७
शुक्रवार, माघ ९ २०८२१२:२७
  • images

    काठमाडौँ । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् । मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन् ।

    एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवार दर्ता गरेका थिए । दुवै जना उम्मेदवार नहुने भएका छन् । मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो ।

    रास्वपाबाट उम्मेदवारको टिकट लिएका व्यक्ति तोकिएको समय भन्दा ढिलो गरी निर्वाचन अधिकृतका कार्यालय पुग्दा उनी उम्मेदवार हुन पाएका थिएनन् । कांग्रेसबाट यसअघि निर्वाचित टेकबहादुर गुरुङ पुनस् उम्मेदवार बनेका छन् ।

    मनाङमा प्रदेश सभामा दुई सिट छ। तीमध्ये एक रिक्त छ। यहाँबाट २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएका राजिव गुरूङको सांसद पद सर्वोच्च अदालतको आदेशपछि रिक्त छ भने निर्वाचन आयोगले चुनाव गराउने मिति तोके पनि स्थगित गरेको थियो।

    एमाले मनाङका नेताहरूका अनुसार अब हुने प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले एमालेलाई दुई क्षेत्रमा सहयोग गर्ने समझदारी छ।

    यसबीच राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन किन निवेदन दिए भन्नेबारे खुलिसकेको छैन। 

    प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका उम्मेदवारले मनाङमा किन उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन् भन्नेबारे पार्टीलाई जानकारी नरहेको बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend