काठमाडौँ । म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएको पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् ।
उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चुनाव चिह्न रोजेका हुन् । उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत आफूले त्रिभुज चिन्ह पाएको सार्वजनिक गरे ।
आयोगले कुनै–कुनै चिह्न प्रयोग गर्न नमिल्ने भनेर त्यस्तो सूचीको रुपमा सूचीबद्ध गरेको छ । निर्वाचन आयोगले प्रयोग गर्न मिल्ने भनेर उपलब्ध गराएको चिह्नमा रोज्न सकिनेछ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये एक तिहाइ स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी दलीय उम्मेदवार छन् ।

