२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एमाले अध्यक्ष ओलीले गठन गरे निर्वाचन...

एमाले अध्यक्ष ओलीले गठन गरे निर्वाचन परिचालन कमिटि, संयोजकको जिम्मा दाहाललाई

एमाले अध्यक्ष ओलीले गठन गरे निर्वाचन परिचालन कमिटि, संयोजकको जिम्मा दाहाललाई

शुक्रवार, माघ ९ २०८२०५:२१
शुक्रवार, माघ ९ २०८२०५:२१
  • images

    काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक र सहसंयोजक तोकिएका छन् । संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहाल तथा सहसंयोजकमा नेताद्वय दीपक कार्की र मेनुका काफ्ले तोकिएका हुन् ।

    यसै सन्दर्भमा सहसंयोजक एवम् एमालेका केन्द्रीय सदस्य कार्कीले झापाको गौरादहमा आज आयोजित निर्वाचन क्षेत्र नं ५ समन्वय कमिटीको बैठकले ५०१ सदस्यीय  निर्वाचन परिचालन समिति गठन गरेको जानकारी दिए ।

    परिचालन कमिटी मातहत रहने गरी नौवटा उपसमिति गठन गरिएको छ । सहसंयोजक कार्कीका अनुसार कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका पार्टीका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग तथा केन्द्रीय विभाग ९वर्तमान र निर्वतमान० सम्बद्ध नेताहरूलाई समेटिएको छ ।

    यसैगरी जिल्ला कमिटीका पदाधिकारी, विभागीय सदस्य, सल्लाहकार परिषद्का सदस्यहरु पनि निर्वाचन परिचालन कमिटीमा समेटिएका छन् । त्यस्तै स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधि, जनसङ्गठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारीसहित सदस्यहरू र क्षेत्रीय एवम् प्रदेश समन्वय कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई  निर्वाचन परिचालन कमिटीमा समावेश गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend