२०८३, आश्विन २२ गते

images
  • समाचार
  • उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का...

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातरवर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातरवर्षाको सम्भावना

सीएनएन खबर
शनिवार, माघ १० २०८२०८:०५
सीएनएन खबर
शनिवार, माघ १० २०८२०८:०५
  • images

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भू–भाग एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend