२०८३, आश्विन २१ गते

images

कांग्रेसले गर्‍यो मधेशको चुनावी सभा स्थगित

कांग्रेसले गर्‍यो मधेशको चुनावी सभा स्थगित

आइतवार, माघ ११ २०८२११:०८
आइतवार, माघ ११ २०८२११:०८
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित भएको छ ।

    मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।

    आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने उनले बताए । नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेकोसमेत उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend