२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • झापाबाट फर्किएका बालेन सोमबार सुदूरपश्चिम जाँदै,...

झापाबाट फर्किएका बालेन सोमबार सुदूरपश्चिम जाँदै, यस्तो छ चुनावी अभियान

झापाबाट फर्किएका बालेन सोमबार सुदूरपश्चिम जाँदै, यस्तो छ चुनावी अभियान

आइतवार, माघ ११ २०८२१२:५९
आइतवार, माघ ११ २०८२१२:५९
  • images

    काठमाडौँ । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ ।

    चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए । झापाको बसाइबाट उनी उत्साहित बनेको बताइन्छ । 

    सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टीमका सदस्य केपी खनाल कैलाली २ बाट उम्मेदवार बनेका हुन् । यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन सुदूरपश्चिम जान लागेको बुझिएको छ ।

    सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुनेछन् । उनले काठमाडौं, ललितपुरका केही निर्वाचन क्षेत्रमा चुनावी अभियानमा सहभागी हुने समेत कार्यक्रम छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend