२०८३, आश्विन २२ गते

images
  • समाचार
  • चिसो छल्न बेँसी झरेका बाजुराका मतदातालाई...

चिसो छल्न बेँसी झरेका बाजुराका मतदातालाई मतदान गर्न समस्या

चिसो छल्न बेँसी झरेका बाजुराका मतदातालाई मतदान गर्न समस्या

सीएनएन खबर
सोमवार, माघ १२ २०८२१०:३७
सीएनएन खबर
सोमवार, माघ १२ २०८२१०:३७
  • images

    काठमाडौँ । चिसो छल्न बेँसी झरेका बाजुराका जनजाती समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ । 

    आगामी चैतमा मात्र उनीहरु गाउँ फर्किने हुँदा उनीहरु मतदान गर्न समस्या पर्ने जनाइएको छ । जनजाती महासङ्घ बाजुराका पूर्व अध्यक्ष नृपबहादुर थापा ९भोटे० ले गत मङ्सिरबाट नै चिसो छल्न भेडापाठासहित बेँसीमा झरेका हुँदा  उनीहरुलाई मतदानमा सहभागी हुन समस्या पर्ने बताए । उनका अनुसार  त्यस्ता समुदायका पाँच सय बढी परिवार बसोबास गर्दै आएका छन् । 

    यहाँका बडीमालिका नगरपालिका–७ ढम्कने, बूढीनन्दा नगरपालिका–१,२,३,७,८, र ९ र हिमाली गाउँपालिका– २ र ३ वडामा बसोबास गर्दै आएको छन् । 

    आसन्न निर्वाचनमा मतदान गर्न समस्या हुने अस्थायी बसाइँ सरेर डोटीको सानागाउँ पुगेका जगत थापा ९भोटे० ले बताए । उनले भने, “आफूसहित परिवार यतै छौँ, मतदान  गर्न चारै जना मौसमी बसाइँ सरेको छौँ । ”  मतदान गर्न गाउँ जान एक हप्ताभन्दा बढी समय लाग्ने थापाको भनाइ  छ । 
     
    प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले ती मतदातालाई मतदान गर्न गाउँ आउन प्रेरित गर्ने बताए। यहाँ ७७  मतदानस्थल कायम भएका छन् । 

    ती मतदानस्थलका एक सय १८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताए।   उक्त निर्वाचनका लागि ८७ हजार आठ सय ६१ मतदाता छन् । तीमध्ये महिला ४१ हजार ६१८ र पुरुष ४६ हजार २४३  छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend